कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नुवाकोटमा शिक्षकसहित थप ३ जनामा कोरोना संक्रमण

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाका थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विनपा १ त्रिशूली क्‍वारेन्टाइनमा बसेका एक जना र विनापा ४ स्थित बट्टारको होटल सन्ध्याको क्‍वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नुवाकोटमा शिक्षकसहित थप ३ जनामा कोरोना संक्रमण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण विधिबाट उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए । संक्रमितहरु १८, २२ र ४६ वर्षका पुरुष छन् । उनीहरु दुई जना प्रदेश २ र एक जना प्रदेश ५ का छन् । उनीहरुमध्ये एक शिक्षक हुन् भने दुई जना कामको लागि नुवाकोट आएका हुन् ।

आइतबारसम्ममा नुवाकोटमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । त्रिशूली अस्पतालको आइसोलेसनमा १३ जना, खरानीटार अस्पतालमा १ जना र काठमाडौंस्थित अस्पतालमा ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म ३७ संक्रमित निको घर भएर घर फर्किसकेका सूचना अधिकारी खनालले बताए ।

प्रकाशित : श्रावण २५, २०७७ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?