दोलखामा ५५ शय्याको अस्पताल

कान्तिपुर संवाददाता

दोलखा — काठमाडौं विश्वविद्यालयले धुलिखेल अस्पतालअन्तर्गत सञ्चालन हुने गरी दोलखामा ५५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ ।

दोलखा बजारस्थित उक्त अस्पतालमा अहिले शल्यक्रियासहितको सुरक्षित सुत्केरी सेवा, ओपीडी, आपत्कालीन, एक्सरे, प्रयोगशाला, ईसीजी सेवा सञ्चालन थालिएको विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका सहप्राध्यापक रोशनकुमार महतोले बताए । छिट्टै आईसीयू सेवा सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

अस्पतालमा कोभिड–१९ का बिरामीका लागि आइसोलेसन वार्डको व्यवस्थासहित स्वाबलाई धुलिखेल अस्पतालमा पठाउने व्यवस्था गरिएको छ । अस्पतालमा विशेषज्ञसहितको टोली रहने सहप्राध्यापक महतोले जानकारी दिए ।

प्रकाशित : श्रावण २५, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?