१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मकवानपुरमा एकैदिन ५ प्रहरीसहित २३ जनामा कोरोना पुष्टि

सुवास विडारी

मकवानपुर — मकवानपुरमा एकैदिन पाँच प्रहरीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट आइतबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा एकैदिन ५ प्रहरीसहित २३ जनामा कोरोना पुष्टि

संक्रमितमध्ये ६ महिला र १७ जना पुरुष रहेका छन् ।

हेटौंडा–४ स्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंका अनुसार हेटौंडाका विभिन्न प्रहरी चौकीमा कार्यरत ५ जना प्रहरी, हेटौंडा उपमहमानगभित्रका १६ जना स्थायी बासिन्दा, विराटनगर घर भएर हेटौंडा बस्दै आएका एक जना र बकैया गाउँपालिका–४, स्थायी घर भएर हाल हेटौंडाको एक सहकारीमा कार्यरत महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार संक्रमित सबै जनालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

१२९ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै मकवानपुरमा संक्रमितको संख्या ७७ पुगेको छ जसमध्ये २९ जना डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित : श्रावण २५, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?