२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रामेछापमा मोबाइल र इन्टरनेट सेवा ३ दिनदेखि अवरुद्ध

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापमा मोबाइल र इन्टरनेट सेवा ३ दिनदेखि अवरुद्ध बनेको छ । तामाकोशी नदीमा बिहीबार साँझ आएको बाढीले अप्टिकल फाइबर टाँगिएको पोल बगाएपछि सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकम मन्थलीका प्रदीप कार्कीका अनुसार नेपाल विद्युत प्राधिकरणको पोलमा टांगिएको १ हजार ३ सय मिटर फाइबर बगाएको छ । फाइबर क्षति भएपछि वैकल्पिक स्थानबाट पोल र तार टाँग्‍ने काम भइरहेको कार्कीले बताए ।

चरिकोट र रामेछापका प्राविधिकहरुले अवरुद्ध भएको स्थानमा फाइबर जोड्ने काम गरिरहेकाले आइतबार अबेरसम्म सेवा सुचारु हुन सक्ने कार्कीको अनुमान छ । चरिकोटदेखि मन्थलीसम्मको अप्टिकल फाइबर जमिन मुनिबाट ल्याउन सम्भव नभएपछि विद्युतको पोल मार्फत् टांगिएको थियो ।

प्रकाशित : श्रावण २५, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?