रामेछापमा मोबाइल र इन्टरनेट सेवा ३ दिनदेखि अवरुद्ध
रामेछाप — रामेछापमा मोबाइल र इन्टरनेट सेवा ३ दिनदेखि अवरुद्ध बनेको छ । तामाकोशी नदीमा बिहीबार साँझ आएको बाढीले अप्टिकल फाइबर टाँगिएको पोल बगाएपछि सेवा अवरुद्ध भएको हो ।
नेपाल टेलिकम मन्थलीका प्रदीप कार्कीका अनुसार नेपाल विद्युत प्राधिकरणको पोलमा टांगिएको १ हजार ३ सय मिटर फाइबर बगाएको छ । फाइबर क्षति भएपछि वैकल्पिक स्थानबाट पोल र तार टाँग्ने काम भइरहेको कार्कीले बताए ।
चरिकोट र रामेछापका प्राविधिकहरुले अवरुद्ध भएको स्थानमा फाइबर जोड्ने काम गरिरहेकाले आइतबार अबेरसम्म सेवा सुचारु हुन सक्ने कार्कीको अनुमान छ । चरिकोटदेखि मन्थलीसम्मको अप्टिकल फाइबर जमिन मुनिबाट ल्याउन सम्भव नभएपछि विद्युतको पोल मार्फत् टांगिएको थियो ।
प्रकाशित : श्रावण २५, २०७७ १५:५४प्रतिक्रिया