पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

हरिहरसिंह राठौर

धादिङ — बिहीबारको भीषण वर्षासँगै पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जोगीमाराको जवाङ्गमा रहेको चुनढुङ्गा खानी क्षेत्रबाट आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

बिहीबार नयाँ ठाउँबाट ठूला–ठूला ढुंगासहितको पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए । शुक्रबार बिहान १० बजेसम्म यातायात सुचारु गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

साउन पहिलो साता पनि पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो ठूलो क्षति पुऱ्याएको थियो ।

प्रकाशित : श्रावण २३, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?