२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

पुलबाट नारायणीमा हाम फालेकी महिलाको १२ घण्टापछि उद्धार

रमेशकुमार पौडेल

चितवन — नारायणगढको नारायणी नदी पुलबाट हाम फालेकी एकजना महिलाको प्रहरीले १२ घण्टापछि उद्धार गरेको छ ।

पुलबाट नारायणीमा हाम फालेकी महिलाको १२ घण्टापछि उद्धार

ती महिला सोमबार साँझ सवा ६ बजे पुलबाट नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।

मंगलबार बिहान भरतपुर महानगरपालिका–४ रामघाट नजिक नारायणी नदीको टापुबाट महिलालाई उद्धार गरिएको डीएसपी थापाले बताए ।

‘बिहान साढे ६ बजेतिर हामीलाई टापुमा महिलाले चिच्याइ चिच्याई गुहार मागेको जानकारी प्राप्त भयो । हामीले तत्कालै रबर बोट लिएर गयौं र उद्धार गर्‍यौं,’ डीएसपी थापाले भने ।

नवलपरासी पूर्वको गैंडाकोट बस्ने २२ वर्षीया ती युवतीलाई परामर्शपछि अभिभावकको जिम्मा लगाइएको थापाले बताए ।

प्रकाशित : श्रावण २०, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?