१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

५ सय रुपैयाँ लुट्न हत्या

नगेन्द्र अधिकारी

काभ्रे — पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षीय कामीसिं तामाङलाई पाँचखाल–१० बेलामा लगेर हत्या गरिएको हो ।

हत्या आरोपित धुलिखेल–११ का २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रूपेन्द्रमान लामालाई प्रहरीले घटनाको १२ घन्टाभित्रै पक्राउ गरेको छ । मादक पदार्थ सेवा गरेका दुई अभियुक्तले गफ गर्दै अलि परसम्म लगेर पाँच सय रुपैयाँ लुटेपछि ढुंगाले हिर्काएर मारेको खुल्न आएको एसपी रविकुमार पौडेलले बताए । गत बिहीबार बिहान तामाङको हत्या गरेपछि घरमै रहेका लामा र ललितपुर पुगेर बसेका मैनालीलाई डीएसपी कुमारविक्रम थापाको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित : श्रावण १६, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?