३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

त्रिशूलीमा ट्रक खस्यो, चालकले हाम फालेर ज्यान जोगाए

रमेशकुमार पौडेल

चितवन — पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खोलानजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । नदीमा खसेको ट्रकका चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । उनलाई सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार बिहान साढे आठ बजे विराटनगरबाट काठमाडौं जाँदै गरेको ना ३ ख ८९८७ नम्बरको भाटभटेनी सुपरमार्केटको सामान बोक्ने ट्रक र काठमाडौंबाट हेटौंडा जान मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा ठक्कर खाएका थिए । ठक्कर खाएपछि भाटभटेनीको ट्रक नदीमा खसेको हो ।

ट्रक नदीमा खसे पनि सिन्धुपाल्चोक बाह्रबिसे–३ घर भएका ट्रकका चालक ३५ वर्षीय राजेन्द्र बस्नेत हाम फालेर जोगिएका छन् । हामफाल्ने क्रममा उनलाई सामान्य चोट लागेको छ । उनको मुग्लिनमा रहेको मेडिकलमा उपचार भएको डीएसपी थापाले बताए । खसेको ट्रकमा अन्य कोही नभएको थापाले जानकारी दिए । ट्रक नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : श्रावण १५, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?