कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घूससहित नियन्त्रणमा लिइएका चार प्रहरी निलम्बित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश प्रहरी कार्यालयले चार जना प्रहरीलाई निलम्बन गरेको छ । सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिइएको चार प्रहरीलाई बुधबार निलम्बन गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी  दिए ।

निलम्बनमा पर्नेहरुमा हवल्दार प्रकाश जैसी, जवानहरु योगेन्द्रकुमार मल्ल, अजय महत्तो र लक्ष्मणकुमार महत्तो छन् । उनीहरुलाई थप छानबिनका लागि निलम्बन गरिएको प्रवक्ता गिरीले बताए । ती प्रहरीहरुले सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको आरोप छ ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली समेत गठन गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १४, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?