२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

घूस लिएको आरोपमा ४ प्रहरी नियन्त्रणमा

कान्तिपुर संवाददाता

हेटौंडा — सेवाग्राहीसँग घूस लिएको आरोपमा एक हवल्दारसहित चार प्रहरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको छ । 

घूस लिएको आरोपमा ४ प्रहरी नियन्त्रणमा

सवारी चालकसँग विभिन्न बाहानामा रकम लिएको भेटिएपछि उनीहरुलाई सोमबार प्रदेश प्रहरीबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एसएसपी सुदीप गिरीले बताए । नियन्त्रणमा लिइएकाहरु मकवानपुरका रातोमाटे ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मनहरी तथा चितवन, रामनगरका ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालयमा कार्यरत हुन् ।

प्रहरी आचरणविपरीतको कार्य गरेको पाइएकोले प्रहरी नियमावलीअनुसार उनीहरुलाई कारबाही गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?