कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मकवानपुरमा ट्रक पल्टिँदा एकको मृत्यु, एक घाइते

सुवास विडारी

मकवानपुर — पूर्वपश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मकवानपुरमा ट्रक पल्टिँदा एकको मृत्यु, एक घाइते

मकै बोकेर बाराबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल पल्टिँदा घटनास्थलमै एकजनाको मृत्यु भएको हो भने एकजना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा ट्रकमा सवार बाराका अन्दाजी २० वर्षीय राज चौधरी रहेका छन् । त्यसैगरी ट्रक चालक ४५ वर्षीय लक्ष्मीनारायण चौधरी घाइते भएका हुन् ।

चालकको उद्धार गरी उपचारका लागि चितवनतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । मृतक चौधरीको शव च्यापिएको अवस्थामा फेला परेको ढकालले बताए । घाइते हुने ट्रक चालक बाबु र मृतक छोरा भएको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण ११, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?