कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यस वर्ष गोसाइँकुण्ड मेला नहुने

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्डमा यस वर्ष मेला सञ्चालन नहुने भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मेलन गरी मेला नलाग्ने जानकारी दिएको हो । 

यस वर्ष गोसाइँकुण्ड मेला नहुने

गोसाइँकुण्डमा हरेक वर्ष नागपञ्चमीदेखि जनैपूर्णिमासम्म मेला लाग्दै आएको थियो । कोरोना भाइरस संक्रमणका कारण जमघट तथा भिडभाड गर्न नहुने भएकाले यस वर्ष मेला सञ्चालन नगर्ने निर्णय गरिएको समिति अध्यक्ष सञ्जीव डीएमले बताए ।

यस वर्ष जनैपूर्णिमा साउन १९ गते परेको छ । ‘लकडाउन हटे पनि भदौ १ गतेबाट मात्र लामो रुटका सार्वजनिक सवारी सञ्चालन हुने भएकाले तीर्थयात्रीलाई आउन पनि समस्या छ,’ उनले भने । मेला भर्न बर्सेनि देशैभरबाट विशेष गरी हिन्दू तथा बौद्ध धर्मावलम्बी आउने गर्छन् ।


प्रकाशित : श्रावण १०, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?