३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काभ्रेमा यातायात मजदुरका लागि क्‍वारेन्टाइन सञ्‍चालन

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लामा यातायात मजदुरका लागि क्‍वारेन्टाइन सञ्‍चालनमा ल्याइएको छ । ४ महिना लामो लकडाउनपछि यातायात सञ्चालन गर्दा संक्रमणको जोखिम हुन सक्ने भन्दै सम्बन्धित संस्थाहरुले होटलमा ३० बेड क्षमताको क्वारेन्टाइन सञ्चालन गरेका हुन् । 

‘सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउँछौं, यद्यपि संक्रमण भइहालेको अवस्थाको लागि क्‍वारेन्टाइन व्यवस्था गरेका हौं,’ यायातात व्यवसायी राष्ट्रिय महासंघको जिल्ला समन्वय समिति अध्यक्ष राजेशकुमार श्रेष्ठले भने, ‘संक्रमित भइहाले मजदुरलाई घर पठाउने कुरा पनि भएन, सोही कारण व्यवसायीले नै क्वारेन्टाइनको व्यवस्था गरेका हौं ।’

सरकारले सार्वजनिक यातायातका साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली हटाउँदै साउन ७ देखि जिल्लाभित्र चलाउने अनुमति दिएको थियो । श्रेष्ठका अनुसार, काभ्रे बस, गणेश हिमाल तराई र काभ्रे पुण्यवती यातायात प्रालिका १६० का दरले, सिन्धु हेलम्बु यातायात प्रालिका १२३ र पूर्व अरनिको यातायात प्रालिका करिब ६ सय बस छन् । अरनिको यातायातले भने बनेपामा आफ्नो स्वामित्वमा रहेको पार्टी प्यालेसलाई नै क्वारेन्टाइन बनाउने तयारी रहेको बताएको छ । सरकारले भदौ १ गतेदेखि लामो दुरीमा पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मापदण्डअनुसार यातायात सञ्चालन गर्न सहजीकरण गर्ने बताए । जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले मापदण्ड उल्लघंन गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : श्रावण ८, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?