१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बीपी र मध्यपहाडीमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन

राजकुमार कार्की

सिन्धुली — पहिरो हटाइएपछि बीपी राजमार्ग बुधबार बिहानबाट एकतर्फी सञ्चालनमा आएको छ । दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो र खहरेमा बाढी आउँदा राजमार्ग अवरुद्ध हुन पुगेको थियो ।

बीपी र मध्यपहाडीमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन

मेसिन लगाएर पहिरो हटाएपछि यातायात नियमित भएको इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रहरी निरीक्षक शान्ता वाइबाले जानकारी दिइन् । थप पहिरो जान सक्ने भन्दै प्रहरीले सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन प्रहरीले अपिल गरेको छ । सामान्य वर्षा हुनासाथ खुर्कोट–नेपालथोक खण्डको कमेरेफाँटमा लेदो झरेर सडक अवरुद्ध हुने गरेको छ ।

यसैबीच पहिरो हटाइएसँगै जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको सडक खण्डमा पनि यातायात सञ्चालन हुन थालेको छ । गोलन्जोर–१ च्याखुटारबेसीमा झरेको पहिरोले मध्यपहाडी लोकपमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित : श्रावण ७, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?