३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

द्वन्द्वपीडित दर्नाललाई घर 

प्रताप विष्ट

हेटौंडा — द्वन्द्व पीडित ७० वर्षीया सुभद्रामाया दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले भवन निर्माण गरिदिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मंगलबार उनलाई घर हस्तारन्तरण गरेका हुन् । मेयर महतले उनलाई उक्त नवनिर्मित भवनमा गृह प्रवेश पनि गराएका थिए । 

द्वन्द्वपीडित दर्नाललाई घर 

द्वन्द्व पीडित दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले १२ लाखका लागत चार कोठे भवन निर्माण गरिदिएको छ । हेटौडा उपमहानगरपालिका—९ शान्तिनगरस्थित सुकुम्बासी टोलमा निर्माण गरेको नवनिर्मित भवनमा मेयर महतले द्वन्द्वमा चार सन्तान गुमाएकी द्वन्द्व पीडित उनलाई नवनिर्मित भवनको ताला साँचो पनि हस्तान्तरण गरे ।

उनको त्यही सुकुम्बासी बस्तीमा घामपानी छिर्ने कटेरो थियो । १९ वर्षीय नातिनी र उनी त्यहीँ बस्थ्ये । झरीमा पनि पानी चुहिने छाप्रोमा बस्दै आएका थिए ।

द्वन्द्व पीडित दर्नालबारे समाचार आएपछि मेयर महत ८ महिनाअघि उनी बसेको घरमा पुगेर घर बनाइदिने बताएका थिए ।

सुभद्रामाया हटिया आएपछि ५ छोरा र ३ छोरीसहित ८ वटा सन्तान जन्माइन् । २०४८ वैशाख २९ मा चुनाव भएलगत्तै जेठ ५ गते बजार निस्केका उनका जेठा छोरो काजी र माहिला छोरा भक्त अझै बेपत्ता छन् । यसैगरी २०६० पुस २५ मा काइँलो छोरा रञ्जित र पुस २८ मा कान्छो छोरा अमृतलाई माओवादी भएको आरोपमा काठमाडौं कपनवाट सुरक्षाफौजले पक्राउ गरी बेपत्ता पारेको थियो । अहिलेसम्म पनि उनीहरुको पनि अत्तोपत्तो छैन । चार सन्तान गुमाएकी शुभद्रामायासँग अहिले बेपत्ता पारिएका कान्छो छोराकी छोरी नातिनी अस्मिसा छिन् ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : श्रावण ६, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?