२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

३४ कानुन एकमुस्ट संशोधन गर्न खोज्दा मतान्तर

सुवास विडारी

मकवानपुर — संघीय सरकारको सिको गर्दै वाग्मती प्रदेश सरकारले एकमुस्ट ३४ वटा कानुन संशोधन गर्न खोज्दा प्रदेशसभामा विवाद भएको छ । शुक्रबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयकले कानुनको संशोधन गर्दा प्रदेशसभा छल्न खोजेको आरोप सांसदहरुले लगाएका छन् ।

३४ कानुन एकमुस्ट संशोधन गर्न खोज्दा मतान्तर

३४ वटा कानुनको एकमुस्ट रुपमा संशोधन आएको भन्दै सांसदहरुले अलग अलग कानुनको अलग अलग संशोधन हुनु पर्नेमा जोड दिए । सांसद नरोत्तम बैद्यले संशोधन गर्ने विषय एकमुस्ट आएको भन्दै यति धेरै ऐनको संशोधनको विषय एकैपटक आउन नहुने भनाइ राखे । मन्त्री जम्मकट्टेलले एकमुष्ट रुपमा संशोधन गर्ने विषय संघीय संसदमा अभ्यासमा रहेकाले आफूले सोही अनुसार गरेको जवाफ दिएका थिए । ‘संघीय संसदमा पनि यो अभ्यास छ । कानुन निर्माण त्रुटिपूर्ण छैन । सरकारले आवश्यकता देखेपछि एकीकृत ढंगले यस्ता कानुनहरु ल्याउन सक्छ,’ उनले भने । विधेयकमा मुख्य रुपमा राजधानी र नामको विषय संशोधन गरिएको उनले बताए । केही अप्ठेरो अवस्था आएकाले प्रदेश सरकारले काम गर्न नसकेको प्रतिक्रिया दिँदै उनले काममा सहजता ल्याउन यसरी विधेयक ल्याइएको बताए । वाग्मती प्रदेशसभामाको बैठकमा चारवटा नयाँ विधेयक पेस भएका छन् ।

प्रहरी विधेयकमाथि सहमति

प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गरेको विधेयक शुक्रबारको प्रदेशसभामा पेस भएको छ । उक्त विधेयकमाथि प्रदेश मामिला समितिमा दफावार छलफलमा सहमति भएपछि प्रदेशसभामा पेस गरिएको हो । प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयक असार ११ मा दफावार छलफलका लागि समितिमा पठाइएको थियो । समितिले चारपटक बैठक बोलाएर छलफल गरेको थियो । प्रदेशसभाको अब बस्ने बैठकले उक्त विधेयक पारित गर्नेछ ।

प्रकाशित : श्रावण २, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?