२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

फुल्पिङकट्टी पहिरोमा पुरिएका १ को शव फेला, २ अझै बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा गएको पहिरोमा बेपत्तामध्ये १ जनाको शव फेला परेको छ । अविरल वर्षापछि खकुण्डोलमाथिबाट बुधबार आएको पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका थिए । 

फुल्पिङकट्टी पहिरोमा पुरिएका १ को शव फेला, २ अझै बेपत्ता

शुक्रबार दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पा शव फेला परेको जिल्ला प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङ्मु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।

यस्तै ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् । ‘सशस्त्र, नेपाली सेनासहित अन्य सुरक्षाकर्मी स्थानीयसँग मिलेर बेपत्तालाई पहिरो खन्दै खोजिरहेका छन्, त्यहाँ वर्षात् भइरहेकाले पहिरो झर्ने डरमा एक्स्काभेटर प्रयोग रोकिएको छ,’ डीएसपी काफ्लेले भने ।

बस्तीबीच निरन्तर पहिरो खसिरहेकाले ६० परिवार विस्थापित बनेको छ भने पञ्‍चकन्या आधारभूत विद्यालयमा क्षति भएको छ ।

प्रकाशित : श्रावण २, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?