१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विद्यालयबाट क्‍वारेन्टाइन हटाउन शिक्षक संघ काभ्रे‍को माग

नगेन्द्र अधिकारी

काभ्रे — नेपाल शिक्षक संघ काभ्रेले जिल्लाका सामुदायिक विद्यालयमा स्थानीय तहमा निर्माण गरेका क्‍वारेन्टाइन हटाउन माग गरेको छ । जिल्लाभर सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्वच्छ एवम् स्वस्थ वातावरण कायम गर्न माग गरेको हो । 

विद्यालय र विद्यार्थी उच्च जोखिममा रहेको भन्दै शिक्षक संघले जिल्लाका स्थानीय तहमा ज्ञापनपत्र बुझाउँदै संघले पालिकाभित्रका शिक्षक र विद्यार्थीहरुको पीसीआर परीक्षण गर्न र सम्पूर्ण शिक्षकको स्वास्थ्य बिमा गर्न र पीपीईको व्यवस्था गर्न पनि माग गरेको छ ।

शिक्षक संघले २०५७ साल अघि स्थायी नियुक्ति पाई प्राविधिक रुपमा २ ग्रेड खाँदै आएका शिक्षकहरुलाई निजामतीसरह २ ग्रेड उपलब्ध गराउने अदालतको फैसला, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्रलाई कार्यान्वयन गर्न पनि माग गरेको छ ।

१३ वटै पालिकामार्फत स्थानीय सरकारको ध्यानाकर्षण गराएको शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतले जानकारी दिए ।

प्रकाशित : श्रावण २, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?