कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रामेछापमा चितुवाको आक्रमणबाट ३ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — चितुवाको आक्रमणमा परी रामेछाप नगरपालिका-८ डुम्रिखर्कमा बुधबार ३ जना घाइते भएका छन् । 

जंगलमा दाउरा खोज्‍न गएकी स्थानीय ३० वर्षीया अनिता रायलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि घटनास्थल पुगेका अन्य २ जनालाई पनि चितुवाले आक्रमण गरेको थियो ।

चितुवा हेर्न जाँदा घाइते हुनेमा स्थानीय ३६ वर्षीय बद्री सुवेदी र ५० वर्षीय कृष्ण सुवेदी रहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचारका लागि घाइतेहरुलाई ल्याइएको छ । उनीहरुको शरीरका विभिन्‍न भागमा चितुवाको आक्रमणबाट घाउचोट लागेको छ । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित : असार ३१, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?