२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बेरुजु फर्छ्योटमा थाहा नगरपालिका देशकै सर्वोत्कृष्ट

प्रताप विष्ट

हेटौडा — मकवानपुरको थाहा नगरपालिका बेरुजु फर्छ्योटमा देशमै सर्वोत्कृष्ट भएको  छ । 

बेरुजु फर्छ्योटमा थाहा नगरपालिका देशकै सर्वोत्कृष्ट

आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षणबाट जम्मा २ दशमलव ५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकालाई देशभरकै सर्वोत्कृष्ट घोषणा गरेको हो । महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा ४ प्रतिशत भन्दा कम बेरुजु हुने कार्यालयलाई आर्थिक अनुशासन राम्रो भएको मानिन्छ ।

असार ३० गतेको सचिवस्तरीय निर्णयबाट थाहा नगरलाई पुरस्कृत गर्ने निर्णय भएको हो । बेरुजु फर्छ्योट कार्ययोजना र मार्गदर्शन अनुसार उक्त कार्यमा सहभागी कर्मचारीहरुलाई प्रशंसापत्र सहित पुरस्कृत गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

थाहा नगरपालिका अघिल्लो आर्थिक वर्ष देशभरको उत्कृष्ट ४ वटा स्थानीय तहमा पर्न सफल भएको थियो ।

नगरपालिका पुरस्कृत भएपछि नगर प्रमुख लवशेर विष्टले सबै कर्मचारीलाई धन्यवाद दिएका छन् । उनले उपलब्धीलाई साधै जोगाइराख्‍न समेत कर्मचारीहरुलाई अनुरोध गरे ।

प्रकाशित : असार ३१, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?