दोलखाको खोलामा दम्पती बेपत्ता

दोलखा — उत्तरीगाउँ बिगु गाउँपालिका वराङस्थित टाइबा बस्तीको खोलामा श्रीमान–श्रीमती बेपत्ता भएका छन् । 

खोलापारी बारीमा हिँडेका करिब अन्दाजी ६० वर्षमाथिका रामजी विश्वकर्मा र बुधमाया विश्वकर्मा खोलामा बेपत्ता भएको आशंकामा खोजी भइरहेको बिगु गाउँपालिका अध्यक्ष युधृष्ठिर खड्काले बताए । दम्पती सोमबार बिहान ११ बजेतिर बारी गएको स्थानीयले बताए ।

दम्पती मात्रै रहेको उनीहरुका घरका वस्तुहरु कराउन थालेपछि मात्रै हराएको थाहा भएको थियो । अध्यक्ष खड्काका अनुसार खोला छेऊमा दम्पत्तिले लगाउने चप्पल भेटिएको आधारमा खोजी कार्य थालिएको हो । स्थानीय र प्रहरीले खोला छेऊछाऊ खोजी गरेको तर पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय प्रवक्त रेशम बोहराले बताए ।

प्रकाशित : असार ३०, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?