कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हत्या आरोपितलाई आजीवन कैद माग

हेटौंडा — बुहारी हत्या आरोपमा पक्राउ परेका ससुरा र नन्दलाई सरकारी वकिल कार्यालय मकवानपुरले आजीवन कैद सजायको माग दाबी गर्दै आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको हत्या आरोपित पाँच जनामाथि अभियोग पत्र दर्ता भएको हो ।

५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीया नन्द सीता थापालाई आजीवन जेल सजायको माग दाबी गरिएको छ । अर्की नन्द दुर्गा थापा र उनका पति अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको छ । कार्की भने फरार छन् ।

पक्राउ परेकी सासू तुलसाकुमारी थापालाई घटनाको मतियार भएको आरोप लगाउँदै साढे १२ वर्ष जेल सजायको माग दाबी गरिएको जिल्ला न्यायाधिवक्ता फणीन्द्र कटुवालले बताए । असार १ राति घरकै भान्सा कोठामा काठको लौरो र सिलौटाले टाउकामा हिर्काएर सुस्मिताको हत्या गरेको उनीहरूमाथि आरोप छ ।

२०७६ वैशाखमा बिहे भएका सुस्मिताका पति रूपेन्द्र थापाको ०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । पतिको मृत्युपछि सुस्मितालाई परिवारले मानसिक यातना दिनुका साथै क्रूर ढंगले हत्या गरेको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरको भनाइ छ

प्रकाशित : असार २८, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?