कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

इन्द्रावती नदीमा ३ जना बेपत्ता

नगेन्द्र अधिकारी

काभ्रे — अविरल वर्षापछिको बाढीमा मण्डनदेउपुर–१० का ३ जना हराइरहेका छन् । वडाका १३ वर्षीय अभिषेक नेपाली, ४६ वर्षीय सम्फु माझी र ३० वर्षीय चन्द्रबहादुर तामाङ हराइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । सशस्त्र प्रहरी बल (एपिएफ) को गोताखोरसहितको टोलीले खोजी गरेपनि भेटिएका छैनन् । 

वडाअध्यक्ष विष्णुमणि नेपालका अनुसार साथीहरुसँग गएका उनीहरुलाई भंगालो तर्ने क्रममा नदीले बगाएको थियो ।

इन्द्रावती गाउँपालिकास्थित रयालेमा पनि खेती भएका सम्फु काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको नेपालले जानकारी दिए । हल्देटारका तामाङको खोलापारी होटल भएकोले घर फर्कने क्रममा उनलाई पनि बगाएको नेपालले जानकारी दिए । ‘नजिकै पुल पनि थिएन, बहाव नबुझी खोला तर्न खोज्दा बगाएको हुन सक्छ ।’ वडाअध्यक्ष नेपालले भने ।

प्रकाशित : असार २८, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?