कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुल्कुटेका बेपत्ता बालकको शव भेटियो

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–५ स्थित बुल्कुटे  पहिरोबाट बेपत्ता भएका एकै परिवारका चार जनामध्ये एक बालकको शव भेटिएको छ । 


शुक्रबार साँझ बेपत्तामध्ये एउटा पहिचान नभएको शव सुनकोसी नदी किनारमा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार भोटेकोसी गाउँपालिका–५ बुल्कुटेका फुर्पा तामाङका ६ वर्षीय छोरा हुन् । फुर्पाको परिवारका मात्रै चार जना बुल्कुटे पहिरोले बेपत्ता बनाएको थियो । भोटेकोसी–५ का बुल्कुटेमा दुई घर थिए ।


अन्य बेपत्ता अझै भेटिएनन्

बुधवारदेखि शनिबर बाह्रबिसे नगर जम्बु र भोटेकोसी बुल्कटे लार्चाका २० जनाको खोजी कार्यमा जुटेका प्रहरी, सेनादेखि स्थानीय, जनप्रतिनिधि अविरल परेको वर्षातले झनै सास्तीमा परेका छन् । वर्षात रोकिएलगत्तै एस्काभेटरको सहयोगमा बेपत्ताको खोजी र सडक सम्पर्क जोड्न बाह्रबिसे नगर र भोटेकोसी गाउँपालिकाले अग्रसरता देखाएका छन् ।

प्रकाशित : असार २७, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्

लालबकैयामा आएको बाढीले रौतहटको बन्जाराहा गाउँ डुबानमा

शिव पुरी

रौतहट — लगातारको वर्षापछि लालबकैया नदीमा आएको बाढी पसेपछि ईशनाथ नगरपालिकाको बन्जाराहा गाउँ जलमग्न भएको छ । गाउँको वरिपरि बाढीले घेरेपछि स्थानीय प्रशासनले सतर्क रहन भनेको छ ।

रौतहटको गौर–२ स्थित महादेवपट्टी क्षेत्रमा लालबकैया नदीमा आएको बाढी बस्तीमा पसेपछि    तस्बिर सौजन्य : नेपाल प्रहरी  

त्यस्तै गौर नगरपालिका–२ महादेवपट्टिस्थित लालबकैया नदीमा बाँधिएको बाँधबाट पानी गाउँमा पस्न थालेको छ । गत वर्ष बाढीले भत्काएको बाँध मर्मत नहुँदा पानी गाउँ पसेको हो । अहिले महादेवपट्टि क्षेत्र जलमग्न भएको छ ।

ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि उद्धार र राहतका लागि तयारी गर्नेबारे सबै वडाध्यक्षहरुसित छलफल भएको बताए ।

बाढीको बहाव बढ्दै गए सदरमुकाम गौरलाई समेत डुबानमा पार्ने खतरा बढ्ने मेयर मेहता बताउँछन् । डुबानबाट मानवीय क्षति हुन नदिन र अप्ठेरोमा परेकाहरुको उद्धारका लागि सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘बाँधकै कारण हल्का पानी प्रवेश गरेको छ,’उनले भने, ‘अहिलेसम्म सदरमुकाम डुबानमा परेको छैन ।’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै पालिका प्रमुखलाई रौतहट डुबानको जोखिममा रहेको भन्दै आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

दशगजामा भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण रौतहटका विभिन्न क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेको छ ।

प्रकाशित : असार २७, २०७७ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×