१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पहिरोले लामोसाँघु–जिरी सडक अवरुद्ध

राजेन्द्र मानन्धर

दोलखा — अविरल वर्षापछि जिरी बजारमा पहिरो जाँदा दुई वटा पसल भएको घर पुरिएको छ । १० वटा पसलघर बस्न नहुने अवस्थामा पुगेको छ ।

पहिरोले लामोसाँघु–जिरी सडक अवरुद्ध

जिरी कलङस्थित ट्राउट माछाका १७ वटा पोखरी पुरिएको र लामोसाँघु जिरी सडक ठाउँठाउँमा अवरुद्ध भएकोले यातायात सम्पर्क विच्छेद भएको जिरी नगरका मेयर टंक जिरेलले बताए । अवरुद्ध सडक खुलाउने, उद्धार र राहत कार्यमा बिहानदेखि नै जुटेको उनले बताए ।

जिरी लिङ्कनस्थित बसपार्कबाट रामेछाप ठोसेतर्फ जाने मुख्य सडकसमेत पहिरोले अवरुद्ध भएको छ । बसपार्क नजिकै शुक्रबार बिहान ४ बजे पहिरो गएको स्थानीय व्यवसायी बाबुराजा श्रेष्ठले बताए ।


प्रकाशित : असार २६, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?