कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वाग्मती प्रदेशमा विपद् व्यवस्थापन समन्वय इकाई स्थापना 

प्रताप विष्ट

हेटौंडा — विभिन्न जिल्लामा बाढीपहिरोले धनजनको क्षति पुर्‍याइरहेको बेला वाग्मती सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश विपद व्यवस्थापन समन्वय इकाई स्थापना गरिएको छ । 

वाग्मती प्रदेश विपद व्यवस्थापन सम्बन्धमा हेटौंडामा बिहीबार सरोकारावाला निकायबीच भएको आकस्मिक बैठकले प्रदेश विपद व्यवस्थापन समन्वय इकाई स्थापनाको निर्णय गरेको हो । इकाईको संयोजकत्वमा मन्त्रालयका अधिकृत छन् ।

समन्वय इकाईमा तीनवटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रतिनिधि, प्रदेश पत्रकार महासंघ, रेडक्रसलगायत सदस्य रहने छन् । समन्वय इकाईले बाढीपहिरोको जोखिम क्षेत्रमा रहेकाहरुलाई स्थानीय प्रशासन र पालिकाहरुसँग समन्वय गरेर स्थानान्तरण, उद्धार र राहतको समन्वय गर्ने जिम्मा पाएको छ ।

बैठकमा मध्यपृतना हेटौंडाका महासेनानी प्रकाश थापाले वाग्मती प्रदेशका सवै जिल्लाहरुमा नेपाली सेनाले विपद व्यवस्थापनको निम्ति जनशक्ति खटाएको र आवश्यक पर्ने उपकरणहरु तैनाथ गरेको जानकारी दिएका थिए । उनले विपदमा परेकाहरुको उद्धार र राहतका लागि चितवनमा मध्यपृतनाले हेलिकोप्टरसमेत राखेको जानकारी गराएका थिए । बैठकमा प्रहरी प्रहरी कार्यालय हेटौंडाका डिएसपी विज्ञान बस्नेतले विपद व्यवस्थापन गर्न प्रदेश प्रहरी कार्यालय मातहत विपद व्यवस्थापन गुल्मसमेत रहेको जानकारी गराएका थिए ।

त्यस्तै वाग्मती प्रदेश रेडक्रस शाखा अध्यक्ष भोला रुपाखेतीले प्रत्येक जिल्लामा रेडक्रसका शाखामा सय जनालाई पुग्ने गैरखाद्य सामग्री रहेको जानकारी दिएका थिए ।

प्रकाशित : असार २५, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?