सिन्धुलीमा जिप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा बुधबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना सख्त घाइते भएका छन् । 

सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको ना ४ च ५२८५ नं को जिप दुर्घटनामा वडा नं ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि खुर्कोट अस्पताल लैजादै गर्दा सख्त घाइते सुनुवारको बाटोमै मृत्यु भएको हो ।

रड र सिमेन्ट लिएर जाँदै गरेको जिप कर्फुस्थित ग्रामीण कच्ची सडकबाट करिब ५ सय मिटर खसेको थियो । वडा नं ५ कै सख्त घाइतेहरु गाडी चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : असार २४, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?