टिपरको ठक्करबाट धादिङमा एक जना पैदलयात्रुको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — धुनीबेंसी नगरपालिका–९, खत्रीपौवास्थित त्रिभुवन राजपथमा टिपरको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । 

काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा पैदलयात्रु काठमाडौं नागार्जुन नगरपालिका–३, निवासी ३० वर्षीय महेश श्रेष्ठको बुधबमर बिहान घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर चालक गल्छी निवासी अमर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए । श्रेष्ठको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

प्रकाशित : असार २४, २०७७ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?