कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

धादिङका १६ प्रहरी इकाई नयाँ भवनमा

धादिङ — ०७२ सालको भूकम्पले क्षतिग्रस्त जिल्लाका प्रहरी इकाईहरु पुनर्निर्माण र हस्तातरण हुने क्रम जारी छ  । बेनीघाट गाउँपालिकाको विशालटारस्थित प्रहरी चौकी भवनको अतिरिक्त प्रहरी महानिरिक्षक तारिणीप्रसाद लम्सालले हस्तातरण गरेका छन् ।

धादिङका १६ प्रहरी इकाई नयाँ भवनमा


राष्ट्रिय पुनर्निर्माण प्रााधिकरणको लगानीमा २ करोड ५४ लाख ३५ हजार ४ सय साठी रुपैयाँमा निर्मित उक्त भवन हस्तान्तरण भएपछि भूकम्पपछि आफ्नै नयाँ भवनमा सर्ने प्रहरी इकाईको संख्या १६ पुगेको छ ।

जिल्ला प्रहरीसहितका २७ इकाईहरुमध्ये भूकम्पपछि १६ वटा भवनको पुनर्निर्माण भएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका ४ भवनहरु निर्माणकै चरणमा रहेका ५ वटा प्रहरी इकाई भाडामा रहेको जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।



प्रकाशित : असार २३, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?