कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गाँजासहित तेल ट्यांकर र दुई जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले हेटौंडामा शनिबार दिउँसो तेल बोक्ने ट्यांङ्करबाट १ सय २८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रोतोमाटेमा हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.६ ख ६९७४ नम्बरको तेल ट्याङ्करलाई चेक गर्दा १ सय २८ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

गाँजासहित तेल ट्यांकर र दुई जना पक्राउ

गाँजाहित पक्राउ पर्नेमा ट्याङ्कर चालक जितपुर सिमरा–२३ का २७ वर्षीय एमामुल हक देवान र ट्याङ्करमा सवार सोही २४ वर्षीय मोहरवान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लकडाउन अवधिमा मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषध बोकेको ३ वटा तेल ट्याङ्करलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताएका छन् ।

प्रकाशित : असार २०, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?