२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भरतपुरका विभिन्‍न अस्पताल भर्ना भएका ६ जना बिरामीमा देखियो कोरोना

रमेशकुमार पौडेल

चितवन — भरतपुरको सरकारी र दई निजी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारी अस्पतालका तीन जना, निजी अस्पतालहरु नारायणी सामुदायिकका दुई र सेन्ट्रल अस्पतालका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरका विभिन्‍न अस्पताल भर्ना भएका ६ जना बिरामीमा देखियो कोरोना

उपचारका लागि भर्ना नभएका तर भरतपुर अस्पतालमा स्वाब संकलन गराएका थप तीन जनामा पनि संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले बुधबार बिहान जारी गरेको सूचनामा मंगलबार भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएका कुल १०१ नमुनामध्ये २५ वटामा संक्रमण देखिएको उल्लेख छ । संक्रमितमध्ये १० जना नवलपुरको गैंडाकोट नगरपालिका बस्ने दुई महिला र आठ पुरुषहरु छन् । बाँकी १५ जना चितवनका अस्पतालका बिरामी, शंका लागेर स्वाब संकलन गराएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

प्रयोगशालाको पनि व्यवस्थापन सम्हालेको भरतपुर सरकारी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालमा स्वाब संकलन भएकामध्ये ६ जनामा संक्रमण देखिएको छ । ‘जसमध्ये तीन जना हाम्रै अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरु हुन् । बाँकी तीन जना शंका लागेर स्वाब संकलन गराउन आएकाहरु हुन् । ती तीन जना आइसोलेसनमा थिइनन्,’ प्रमुख मेडिकल सुपेरिटेन्डेन्ड डा.तिवारीले भने ।

भरतपुर अस्पतालमा स्वाब संकलन भएर संक्रमण पुष्टि भएकाहरुमा माडी नगरपालिका–५ र ३ का २५ र ७३ वर्षका दुई पुरुष र दमक–३ की ३५ वर्षकी महिला तथा भरतपुर महानगरपालिका वडा नम्बर ७ का २६ वर्षीय पुरुष, भरतपुरकै वडा नम्बर ११ मा बस्ने ४५ वर्षकी महिला र वडा नम्बर २२ मा बस्ने ५० वर्षका पुरुष रहेका छन् । त्यसै गरी निजी अस्पताल नारायणी सामुदायिकमा उपचार गराउने भरतपुर–७ का ६१ वर्षका पुरुष र १२ वर्षकी किशोरीमा पनि संक्रमण देखिएको छ ।

भरतपुरको सेन्ट्रल अस्पतालमा उपचार गराउन आएकी गोर्खा मनकामना बस्ने ३० वर्षकी महिलामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । निजी अस्प्तालमा उपचारका लागि भर्ना भएका बिरामीहरुमा संक्रमण देखिएपछि तत्कालै भरतपुरको सरकारी अस्पतालको आइसोलेसनमा पठाउने गरिएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले निजी अस्पतालमा रहेका बिरामीको अवस्था, सम्भावना सवै अवगत गराएर मात्रै रिफर गर्ने वा नगर्ने भन्ने बारेमा निक्र्यौल गर्नु पर्ने बताए । अस्पतालले पनि निजी अस्पतालका संक्रमित बिरामी रिफर गर्दा क्लिनिकल कोर्डिनेटर डा.प्रमोद पौडेलसँग समन्वय गरेर मात्रै पठाउन सूचना निकालेर अनुरोध गरेको छ ।

मंगलबारको परीक्षणमा संक्रमित पुष्टि भएका बाँकी ६ जना भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ९, २२, २५ र २६ को क्वारेन्टाइनमा रहेका पुरुषहरु रहेको भरतपुर अस्पतालको सूचनामा उल्लेख छ ।

प्रकाशित : असार १७, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?