कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वाग्मती प्रदेशसभामा कांग्रेसको अवरोध

सुवास विडारी

मकवानपुर — प्रमुख प्रतिपक्षी कांग्रेसले वाग्मती प्रदेशको सोमबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

वाग्मती प्रदेशसभामा कांग्रेसको अवरोध

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक प्रस्तुत गरेको चार दिनपछि मात्रै सांसदहरुलाई उपलब्ध गराएर सरकारले गम्भीर गल्ती गरेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । संसद् अवरुद्ध गर्नुअघि बोल्दै कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आर्थिक मामिला तथा योजनामन्त्रीले संसद् र सभामुखलाई ढाँटेको आरोप लगाए । यस विषयमा सरकारले गल्ती महसुस गर्नु पर्ने उनको माग थियो ।

अहिले प्रदेशसभा सञ्चालनका लागि कार्यव्यवस्था तथा परामर्श समिति बैठक बसिरहेको छ ।

यस्तै, कोरोना रोगको नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको कोषको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने कांग्रेसले माग राखेको छ । प्रदेश सरकारले ५० करोड रुपैयाँको कोष बनाएको र अन्य संघसंस्था तथा व्यक्तिहरुबाट पनि कोषमा रकम जम्मा भएको अवस्थामा कोषको खर्च विवरण सदनमा प्रस्तुत गर्नु पर्ने माग गरिएको हो ।

सरकारका योजनाहरु सोझै आर्थिक मामिला मन्त्रालयबाट आएकोले प्रदेशको नीति तथा योजना आयोग कामविहीन बनेको भन्दै कांग्रेसले खारेजीको माग गरेको छ ।

प्रकाशित : असार १५, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?