कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाढीले सुक्खा बन्दरगाह र रसुवागढी जलविद्युत् आयोजनामा क्षति

बलराम घिमिरे

रसुवा — आइतबार बिहान भोटेकोसी नदीमा आएको बाढीले सुक्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

बाढीले सुक्खा बन्दरगाह र रसुवागढी जलविद्युत् आयोजनामा क्षति

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाह र रसुवागढी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको तीनवटा सवारीसाधनमा क्षति पुगेको राजस्व तथा भन्सार सुरक्षा गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापा मगरले बताए ।

आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीले टिपर, एस्काभेटर र लोडरमा क्षति पुर्‍याएको छ उनले भने । त्यस्तै कामदार बस्ने घरको पछाडिको भागमा समेत क्षति गरेको छ ।

सुख्खा बन्दरगाह भोटेकोसी नदीको किनारामा निर्माण भइरहेको छ । अहिले नदीमा पानीको सतह घटेको प्रहरी नायब उपरीक्षक थापाले बताए । बाढीले रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइट र आयोजना स्थलमा जाने पुलमासमेत क्षति गरेको आयोजनाका प्रशासकिय प्रमुख टिका पौडेलले बताए ।

अविरल वर्षा सँगैको पहिरोले पासाङल्हामु मार्ग र मैलुङ स्याफ्रुबेसी सडक खण्डका विभिन्न स्थानमा अवरुद्ध भएको छ । पासाङल्हामु मार्गको ठूलो भार्कु, सानु भार्कु, राम्चे र स्याउबारीमा खण्डमा पहिरो गएको छ । मैलुङ–स्याफ्रुबेसी सडकखण्ड बुधबारदेखि नै अवरुद्ध छ । अवरुद्ध सडकखण्डहरू खुलाउने काम अघि बढिसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

प्रकाशित : असार ७, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?