कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिन्धुलीको दुधौलीमा सर्पले डस्दा युवकको मृत्यु

राजकुमार कार्की

सिन्धुली — विषालु सर्पले डसेर सिन्धुलीको दुधौली नगरपालिकामा एक युवकको मृत्यु भएको छ । दुधौली नगरपालिका ५ सिर्थौलीका २१ वर्षीय शिवाज गोराइतको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

स्थानीय शिक्षक दाताराम गौतमका अनुसार विषालु सर्पले राति सुतेको ठाउँमा मृतकको दाहिने हातमा टोकेको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र भएपनि चिकित्सक नहुँदा ज्यान गएको परिवारजनले आरोप लगाएका छन् । सर्पदंश उपचार केन्द्र दुधौलीमा लैजानका लागि साधन नपाएकाले अकालमै ज्यान गुमाएका भन्दै स्थानीय र परिवारजनले विरोध गरेपछि सिर्थौलीमै चिकित्सक राख्ने सहमती भएको वडाध्यक्ष चन्द्रकिशोर थारुले बताए ।

मृतकका बुबा लक्ष्मण गोराइतले सिर्थौलीको प्राथमिक स्वास्थ्य केन्द्रमा करिब एकघण्टा डाक्टरको पर्खाइमा बसेको बिरामीलाई सामान्य पट्टी बाँधिदिने कामसमेत नगरिदिएकाले छोराको अकालमै ज्यान गएको गुनासो गरे । गर्मी बढेसँगै कमलाखोंच क्षेत्रमा सर्पदंशका घटना बढ्ने गरेका छन् । कमलाखोंच क्षेत्रमा विषालु गोमन, करेत, धामन लगायतका सर्पहरु बढी मात्रामा पाइन्छन् ।

प्रकाशित : असार ६, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?