१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बमजनको सिन्धुलीस्थित आश्रममा प्रहरीको छापा

राजकुमार कार्की

पैरे (सिन्धुली) — प्रहरीले बेपत्ता र हत्यासम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका तपस्वी रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा बिहीबार छापा मारेको छ । प्रहरीले दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरेर खाेजी गरे पनि उनी फेला परेनन् ।

बमजनको सिन्धुलीस्थित आश्रममा प्रहरीको छापा

बाग्मती प्रदेश प्रहरीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित आश्रम क्षेत्र सिल गरेर खोजतलास गरेको हो । यसअघि पनि प्रहरीले यो आश्रममा छापा मारेको थियो ।

‘हामीले खोजी गरेका छौं, बमजन फेला परेका छैनन्,’ खोजतलासमा संलग्न एक प्रहरी अधिकारीले भने । आश्रममा आनीहरू बेपत्ता बनाएको, हत्या गरेको जस्ता अभियोग लागेका बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । उनी रहन सक्ने सम्भावित ठाउँहरूमा खोजी जारी राखिएको ती प्रहरी अधिकारीको भनाइ छ ।

सिन्धुली प्रहरीप्रमुख एसपी रञ्जु सिग्देलले बमजनलाई पक्रन आएको टोलीलाई खोजीकार्यमा सहयोग गरेको बताइन् । उता बोधि श्रवण धर्म संघले भने प्रहरीले खोजतलासका नाममा पटकपटक दुःख दिएको आरोप लगाउँदै बमजन तीन वर्षका लागि ध्यानमा लीन भएको प्रतिक्रिया दिएको छ ।


सिन्धुलीमा करिब ४२ बिगाहामा बमजनको आश्रम छ । २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा हो । चिनियाँ शैलीको भवन बनाइएको आश्रम चारैतिर ठूला पर्खाल र काँडेतारले घेरिएको छ ।

प्रकाशित : असार ४, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?