युवतीमाथि बलात्कार भएको भन्दै परिवार प्रहरीमा

मकवानपुर — हेटौंडामा सुस्त मनस्थितिकी युवती बलात्कृत भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको छ । स्थानीय एक युवकले युवतीलाई जेठ २४ गते घरनजिकैको मकैबारीमा लगेर बलात्कार गरेको उनीहरूको आरोप छ ।

परिवारले पाँचौं दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो । आरोपित युवक फरार रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार अविवाहित युवतीलाई ती युवकले दिउँसो २ बजेको समयमा पैसाको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । ‘पीडित पक्षले किटानी जाहेरी दिएको छ । सोही आधारमा फरार रहेका आरोपीलाई खोजिरहेका छौं,’ उनले भने । रानाले घटनाबारे प्रहरीलाई ढिला खबर गरिँदा आरोपी भाग्न भ्याएको बताए ।

प्रकाशित : असार १, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?