सिन्धुलीमा पनि दीप प्रज्ज्वलन

राजकुमार कार्की

सिन्धुली — निशान छापमा नयाँ नक्सा राखिएको विधेयक संघीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको खुसियालीमा सिन्धुलीमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । 

सर्वसाधारण, जनिप्रतिनिधिलगायतको उपस्थितिमा दीप प्रज्ज्वलन गरी खुसियाली मनाइएको हो । लोकतान्त्रिक चोकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरिएको थियो ।

निशान छापमा आफ्नो भूमि समेटिएकाले हर्षविभोर भएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् । स्थानीयहरुले खुसियालीमा घरघरमा दीपावलीसमेत गरेका छन् । ‘हाम्रो सान, हाम्रो स्वाभिमान, हाम्रो देश, हाम्रो पहिचान’ यो नै मूलमन्त्र भएकाले स्थानीयले खुसियाली घरघरमा दिपावली गरेको कमलामाइ नगरपालिका ६ का कृष्णहरि घिमिरेले प्रतिक्रिया व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ३१, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?