कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

काभ्रेपलाञ्‍चोकका ५ जनामा कोरोना संक्रमण

नगेन्द्र अधिकारी

काभ्रेपलाञ्चोक — काभ्रेमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । काभ्रेपलाञ्‍चोकको रोशी गाउँपालिकामा ३ जना, पाँचखाल र पनौती नगरपालिकामा एक/एक जनामा संक्रमण देखिएको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्ला कमान्ड पोस्टले जानकारी दिएको छ ।

काभ्रेपलाञ्‍चोकका ५ जनामा कोरोना संक्रमण

रोशीका तीनै जना संक्रमित क्वारेन्टाइनमा छन् । पाँचखालका स‌ंक्रमित भने शुक्रबार क्वारेन्टाइनबाट घर गएका थिए ।

पनौतीका संक्रमित व्यक्ति भने धुलिखेल अस्पतालमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि भर्ना भएका थिए । शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

प्रकाशित : जेष्ठ २३, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?