एस्काभेटर दुर्घटनामा एकको मृत्यु

सुवास विडारी

मकवानपुर — मकवानपुरमा एस्काभेटर दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा बिहीबार एस्काभेटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थाहा नगरपालिकाका–४ का ३२ वर्षीय पूर्णध्वज केसीको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना. १ क ७२९३ नम्बरको एस्काभेटर अनियन्त्रित भएर दुर्घटना भएको थियो । मकवानपुरको थाहा नगरपालिकाबाट थानकोटतर्फ जाँदै गर्दा भएको दुर्घटनामा एस्काभेटरमा रहेका अर्का नवलपरासीका २४ वर्षीय अनिल मगर सामान्य घाइते भएका थिए ।

प्रकाशित : जेष्ठ २३, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?