२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — बारीभरी हेर्दै रहर लाग्दा लौका तर बिक्री ठप्प । चिचिण्डा, करेला, बोडी, भिन्डीको अवस्था पनि उस्तै छ । पश्चिम चितवनमा पर्ने भरतपुर महानगरपालिकाका–२५ को दद्रहनी गाउँका खेतमा अहिले बिक्री नभएर बारीमै बिग्रँदै गरेका तरकारीको बिजोग देखिन्छ । यही ठाउँबाट गएको तरकारी केही दिनअघि पोखरामा नस्ट गरिएको थियो । बिक्रीमा एकपछि अर्को अड्चन बेहोरेपछि किसानले तरकारी टिप्नै छाडेका छन् ।

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]
बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

लेखनाथ भुषालले १० कट्ठामा लगाएको लौका निकै सप्रिँदै आयो । बिक्री गर्ने बेलामा कडा लकडाउन थियो । बजार लैजान सक्ने अवस्था नभएपछि उनले लौका नटिप्ने निधो गरे । मलको सत्यानाश नहोस् भनेर झाल भने तानेर फाले । अहिले बारीमा मरेको झालमै पनि बडेमानका लौका तुर्लङ्ग भएर बसेका छन् । एक दुई दिनमा यी सबै नष्ट गर्ने योजना छ । जसका लागि पाँच हजार रुपैयाँ खर्च गरेर खेतला लगाउँदै छन् ।

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

उनले लौका मात्रै नभएर भिन्डी करेला, चिचिण्डा पनि टन्नै लगाएका थिए । १० बिघा खेतमा तरकारी रोपेका थिए । यो सिजनमा १० प्रतिशत तरकारी पनि बिक्री भएन । करेला बोटमै पाकेर झरेका छन् । चिचिण्डा खेतमै फतक्क भएका छन् । भिण्डी छिप्पएर बिजोग छ । बोडी सुकेर नष्ट भएको छ । केही नभए पनि आफ्नो मात्रै ५०/६० लाख रुपैयाँको तरकारी खेर गएको उनले बताए ।

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

भरतपुर–२६ मिलन चोकका रविन्द्र भुजेलले थोरैमा तरकारी लगाएका छन् । तर उनले १३ कट्ठामा बोडी, सात कट्ठामा भिन्डी र चार कट्ठामा करेला लगाएका थिए । तर टिप्ने ज्याला भन्दा बिक्री मूल्य कम भएपछि उनले टिप्नै छाडे । बोडी झालमै सुकेका छन् । भिन्डी छिप्पिएका छन् । करेला टिप्नै परेको थिएन हावाले झ्याङ लडाएर उल्टै बिगारेको छ । झाल उठाउने जाँगर छैन ।

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

तरकारी खेती फस्टाएको पश्चिम चितवनको दिव्यनगर, शुक्रनगर, दद्रहनी, गुञ्जानगर सबैतिरको हालत यही छ । किसान खिन्न छन् । बारीमा बिजोग छ । कोरोना कहरसँगै सुरु भएको लकडाउनले सवैभन्दा बढी मर्का आफूजस्ता किसानहरुलाई पारेको लेखनाथ भुषाल बताउँछन् । भदौ अन्तिमदेखि हिउँदे तरकारी रोप्ने समय सुरु हुन्छ । तर अहिले भोगेको दुरावस्थाले आउँदो सिजनका लागि तरकारी रोप्ने आँट धेरैले गरेका छैनन् । 

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

बारीमै बिग्रियो तरकारी [तस्बिरहरु]

प्रकाशित : जेष्ठ २२, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?