कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिन्धुली अस्पतालमा उपकरण खरिदमा अनियमितताको आरोप

राजकुमार कार्की

सिन्धुली — सिन्धुली अस्पतालमा भएको उपकरण खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

सिन्धुली अस्पतालमा उपकरण खरिदमा अनियमितताको आरोप

उपकरण खरिदको बोलपत्रको सूचनाका आधारमा छनौट भएका पाँच सप्लायर्समध्ये कमदर रेटका पहिलो, दोस्रो र तेस्रोलाई पन्छाएर प्रलोभनमा परि चौथोलाई छनौट गरिएकाले लाखौं रकम भ्रष्टाचार भएको भन्दै अख्तियार कार्यालय टंगाल काठमाडौंमा उजुरी परेको हो । लकडाउनको मौका छोपी आपूर्तिकर्ताहरुलाइ थाहै नदिई प्राविधिक मूल्यांकनको नाममा प्रलोभनमा परि बढी दररेटमा उपकरण आपूर्ति गर्ने कम्पनी छनौट भएको भन्दै भन्दै नारायण क्षत्रीले अख्तियारमा उजुरी गरेका हुन् ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्लाद पोखरेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर लक्ष्मण खड्का र बायोमेडिकल इन्जिनियर राजन डाँगीले बोलपत्रको सूचना बमोजिम कमदर रेटको सप्लायर्सलाई पन्छाएर प्रलोभनमा परि बढि दररेटेको छनौट गरेको भन्दै उजुरीमा कारबाहीको माग गरिएको छ । सिन्धुली अस्पतालले गत फागुन १ गते ७ दिने सूचना प्रकाशित गरी उपकरण खरिदको बोलपत्र आह्वान गरेको थियो ।

कम दररेटमा उपकरण सप्लाइ गर्ने लुम्बिनी हेल्थ केयरलाई पन्छाएर बढी दररेटको मेडेक्टा्रेनिक्स प्रालिलाई छनौट गरिएको उजुरीमा उल्लेख गरिएको छ । लुम्बिनीले २४ लाख ७३ हजार ५ सय ७० र मेडिटा्रेनिक्स नेपाल प्रालिले ३१ लाख ९८ हजारमा उपकरण आपूर्तिको प्रस्ताव गरेका थिए । यी दुई कम्पनीको फरक ७ लाख २४ हजार ४ सय ३० छ । उपकरण आपूर्तिका लागि ७ वटा कम्पनीले प्रस्ताव पेस गरेकोमा पाँच वटा कम्पनी छनौट भएका थिए । दुवै कम्पनीले दक्षिण कोरिया र कोरियाका कम्पनीको ब्राण्डअनुसारको उपकरण सप्लाई गर्ने प्रस्तावमा उल्लेख छ ।

अस्पताललाई चाहिने उपकरणको सूची आफूहरुले दिएको र क्याटलग विधिबाट बायोमेडिकल इन्जिनियरले सबै खरिद प्रक्रिया कानुनसम्मत गरेको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्लाद पोखरेलले बताए । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले उपकरण खरिदका लागि रकम पठाएको थियो ।


प्रकाशित : जेष्ठ २२, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?