कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना पुष्टि

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरको क्वारेन्टाइनमा रहेका एक पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए ।

सिन्धुलीको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना पुष्टि

योसँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । भारतबाट रोजगारी गुमाएर घर फर्किएका उनी आफ्नै वडाको चन्दनपुर मावि क्वारेन्टाइनमा छन् । उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

संक्रमितलाई सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने शाहले जानकारी दिए । यसअघि सिन्धुलीको भिमानकी संक्रमित महिला कोरोनालाइ जितेर घर फर्किसकेकी छिन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?