१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जलेर घाइते भएका दुईको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — ग्यास लिक भइ आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । जेठ १६ गते बनेपा –७ तरकारी बजारमा रत्नकुमार शाह ठकुरीको भान्छामा ग्यास लिक भइ आगलागी हुँदा घाइते ५ मध्ये १६ वर्षका आयुष र २६ वर्षका रुकेश ठकुरीको मंगलबार किर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार अन्य घाइते १८ महिने शिशु रचना, २४ वर्षीय सोफी र अनिश ठकुरीको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?