२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नारायणगढका सटरमा लकडाउन खोल्न नारा

रमेशकुमार पौडेल

चितवन — जिल्लाको मुख्य बजार क्षेत्र नारायणगढका बन्द सटरहरुमा अहिले विभिन्न नाराहरु लेखेर टाँसेको सेतो कागज छ्याप छ्याप्ती देखिन थालेको छ । लामो समयदेखि बन्द भएर धुलाम्य भएका सटरहरुमा लकडाउनको विकल्प खोज्न माग गर्दै सेता कागजहरुमा लेखिएका नाराहरु देखिन थालेका हुन् । यो अभियानमा कुनै व्यवसायिक संघ, संगठन भने संलग्न छैनन् ।

नारायणगढका सटरमा लकडाउन खोल्न नारा

लकडाउन बढ्दै जाँदा मार झेलेका व्यवसायीहरुले यो अभियान सुरु गरेको एकजना व्यपारीले बताए । व्यवसायी सोमप्रसाद काप्री भन्छन्, ‘चैत्रदेखि एकै खालको लकडाउन जारी हुँदा धेरै मर्कामा परेका छन् । व्यपारीहरुले आफ्नो पिडा सेतो कागजमा लेखेर र सटरमा टाँसेर व्यक्त गरेका हुन् सक्छन् । सम्बन्धित क्षेत्रबाट यसको सुनुवाइ भए राम्रो हुन्थ्यो ।’

नारायणगढ बजारको मुख्य क्षेत्र सहिद चोक

‘लकडाउनको पालना गर्दै सुरक्षित व्यवसाय गर्न पाउनु पर्छ’, ‘मानव स्वास्थ्यको ख्याल गर्दै व्यपार पनि सुरु गरौं’, ‘लकडाउनको विकल्प तुरुन्त खोजौं, संयमित र गतिशिल उपाए खोजौं’ जस्ता सन्देश लेखिएका कागजहरु सटरहरुमा टाँसिएका छन् । नारायणगढ बजारको मुख्य क्षेत्र सहिद चोकका साथै भित्रि गल्लीका सटरहरुमा पनि यस्ता पर्चाहरु छ्यापछ्याप्ती टाँगिएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?