चन्द समूहका नेता शर्मा साधरण तारेखमा रिहा

रमेशकुमार पौडेल

चितवन — प्रतिबन्धित चन्द समूहका नेता अनिल शर्मा बिरही चितवन जिल्ला अदालतको आदेशमा आइतबार साधरण तारेखमा थुनामुक्त भएका छन् । शर्मालाई चितवन प्रहरीले वैशाख २३ गते भरतपुरबाट पक्राउ गरेको थियो ।

घाइते भएर उपचार गराउन भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना भएका बेलामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शर्मा विरुद्ध राज्य विरुद्धको कसुरमा शुक्रबार मुद्दा दायर भएको थियो ।

मुद्दा दायरपछि आइतबार थुनछेक बहस हुँदा चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले उनलाई साधरण तारेखमा थुनामुक्त गर्न आदेश दिएका हुन् । चन्द समूहका केन्द्रीय नेता शर्मा लेखनमा पनि सक्रिय छन् ।

उनी बिरामी भएका कारण अदालतको आदेशपछि पनि उनको भरतपुरको अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?