कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँपालिका भवनमा भएको आगलागीको छानबिन गर्न समिति गठन

प्रताप विष्ट

हेटौडा — मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन आगलागी हुनुको कारण सत्यतथ्य पत्ता लगाउनका लागि छानबिन समिति गठन गरेको  छ ।

गाउँपालिका भवनमा भएको आगलागीको छानबिन गर्न समिति गठन

गाउँपालिकाको शुक्रबार बसेको बैठकले गाउँपालिका उपाध्यक्ष शुकुमाया थिङको संयोजकत्वमा ७ सदस्सीय छानबिन समिति गठन गरेको छ । समितिमा गाउँपालिकाभित्र रहेका विभिन्‍न सरकारी निकायका प्रमुख र पत्रकार महासंघका प्रतिनिधि रहेका छन् । समितिलाई १० दिनभित्रमा प्रतिवेदन बुझाउनुपर्ने समयावधि तोकिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले बताए ।

जिल्लाको विकट कैलाश गाउँपालिका—३ कालिकाटारमा रहेको गाउँपालिका भवन बिहीबार जलेर नष्ट भएको थियो । गाउँपालिकाको कागजपत्र, स्टोरका सामान सबै जलेर खरानी हुनुको साथै भवन पनि पूर्ण रुपमा नष्ट भएको छ । 'करिब ४ करोड क्षति भएको अनुमान गरेका छौं,' गापा अध्यक्ष मोक्तानले भने ।

गाउँपालिकाको सौर्य ऊर्जा प्रणालीमा सर्ट भइ आगजनी भएको अनुमान गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेको बेला सौर्य ऊर्जा प्रणालीमा सर्ट भई आगजनी भएको थियो ।

प्रशासनिक भवन जलेर नष्ट भएपछि बिहीबारदेखि स्थानीय भवानी माविको भवनवाट पालिकाले सेवालाई निरन्तरता दिने गापा अध्यक्ष मोक्तानले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?