कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लकडाउन उल्लंघन गर्दै वाणिज्य संघले खुलाएको धादिङ बजार प्रशासनले बन्द गरायो

उद्योग वाणिज्य संघ धादिङले लकडाउन उल्लंघन गर्दै खुलाएको जिल्ला सदरमुकाम धादिङ बजार २ घन्टामै स्थानीय प्रशासनले बन्द गराएको छ ।
हरिहरसिंह राठौर

धादिङ — उद्योग वाणिज्य संघ धादिङले लकडाउन उल्लंघन गर्दै खुलाएको जिल्ला सदरमुकाम धादिङ बजार २ घन्टामै स्थानीय प्रशासनले बन्द गराएको छ । 

लकडाउन उल्लंघन गर्दै वाणिज्य संघले खुलाएको धादिङ बजार प्रशासनले बन्द गरायो

व्यापारीहरु मर्कामा परेको कारण जनाउँदै संघले एकपक्षीय रुपमा आइतबारदेखि जिल्लाभरका सबैखाले दोकान पसल खोल्ने निर्णय गरेको थियो । शनिबार संघका जिल्ला अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले व्यापार नभएर व्यापारीहरुले भाडा र बैंक किस्ता तिर्न नसकेको भन्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म होटलबाहेक सम्पूर्ण पसल खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले पारित नगर्दै बजार खोलेपछि निकै भीडभाड देखिएको थियो ।

सरकारले जेठ २० गतेसम्म लकडाउन तोकेको भन्दै यो निर्णयप्रति स्थानीय नागरिक समाज तथा नगरपालिकाका टोल सुधार समितिले विरोध जनाएका थिए । भारतबाट आएका १ सय ३३ जनालाई स्वास्थ्य परीक्षण नगरी सदरमुकाममै राखेको अवस्थामा बजार खोल्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको टोलसुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए ।

कोरोना संक्रमणको जोखिम नघटेको र बजार पूरै खोल्नु घातक भएको स्थानीय स्तरबाट माग आएपछि अत्यावश्यक वस्तुका बाहेक अन्य पसल बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?