कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिन्धुलीकी पहिलो संक्रमितका परिवार सबैको रिपोर्ट नेगेटिभ

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको पहिलो संक्रमित महिलाको परिवारका ९ जना सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुलीकी पहिलो संक्रमितका परिवार सबैको रिपोर्ट नेगेटिभ

सिन्धुली अस्पतालका फोकल पर्सन डा. प्रशन्‍न राजभण्डारीका अनुसार संक्रमित महिलाको परिवारका ९ जना र अन्य दुईजनाको गरी ११ जनाको आइतबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । ती संक्रमित महिला कमलामाई नगरपालिका–९ निवासी हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीको टोलीले संक्रमित महिलाको घरमा नै पुगेर कन्ट्यााक ट्रेसिङको आधारमा थ्रोट स्वाब संकलन गरेर शुक्रबार प्रादेशिक अस्पताल हेटौंडामा परीक्षणका लागि पठाएको थियो ।

संक्रमित महिला बुधबार बिहान काठमाण्डौंस्थित एपीएफ कोरोना अस्पतालमा भर्ना भएपछि सिन्धुलीको भिमानको रहेको पुष्टि भएको थियो । संक्रमितको परिवार तथा अन्य ३२ जनालाई १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

सिन्धुलीमा हालसम्म ९५ जनाको पीसीआर परिक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?