१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आगलागी हुँदा सिन्धुपाल्चोकमा वृद्ध दम्पती घाइते

अनिश तिवारी

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीमा शुक्रबार राति आगलागीमा परेर वृद्ध दम्पती घाइते भएका छन् । तौथली गाउँबीच लागेको आगलागीले त्रिपुरासुन्दरी–५ कै ८२ वर्षीया कर्णबहादुर र उनकी श्रीमती ८१ वर्षीया हिरामाया कुल्सुले गम्भीर घाइते भएका हुन् ।

आगलागी हुँदा सिन्धुपाल्चोकमा वृद्ध दम्पती घाइते

स्वास्थ्यकर्मीका अनुसार दम्पत्तीको शरीरको ढाड, निधार, टाउको ,पेटको विभिन्न भागमा डढेर गहिरो घाउ भएका छन् । राति १२ बजे अचनाक आगोले घर ढडाएको र धुँवा देखिएपछि रातारात गाउँलले उद्दारको लागि प्रहरीलाई गुहार मागेका थिए ।

त्यसलगत्तै स्थानीयले वृद्ध दम्पत्तीलाई उद्धार गरेका थिए । राति १२ बजे सुरु भएको आगो साढे १ बजे मात्रै नियन्त्रणमा आएको थियो । घरमा आगो ननिभाइ राखेको कारण आगो सल्किएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । स्वास्थ्य चौकीको सामान्य उपचारपछि थप उपचारको लागि वृद्ध दम्पत्तीलाई काठमाडाैं लैजाने तयारी भइरहेको छ ।

‘आगलागीबाट ठूलो क्षति भएको छ, त्यसबारे पूरा विवरण लिँदै छौं, घाइते दुवैलाई अरु उपचारको लागि स्वास्थ्यकर्मीसँग सल्लाह लिएका छौं,’इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले भने । कोभिड–१९ का कारण जिल्लाभर आगलागीका घटना भइरहँदा सचेतना दिन आवश्यक रहेको उनले सुनाए । छोराछारी सबै काठमाडाैं बस्ने हुनाले वृद्ध दम्पत्ती मात्रै घरमा बस्दै आएका थिए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?